गुगलका सीईओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

गुगलका सीईओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

एजेन्सी  |  विदेश  |  माघ १३, २०७८

मुम्बई प्रहरीले गुगलका सीईओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य ५ जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ’, मुम्बई प्रहरीले भनेको छ ।

भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी, एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३औँ गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए ।