डी मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जीत

डी मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जीत

एजेन्सी  |  खेलकुद  |  माघ १४, २०७८

कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । 

शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डी मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै अर्जेन्टिनाले आठौँ जीत निकाल्यो ।

खेलको नवाैँ मिनेटमा रोड्रिगो डी पौलको पास सदुपयोग गर्दै डी मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।

बाँकी समय दुवै टोलीले गोलको प्रयास गरे पनि सफल भएनन् । 

आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै  विश्वकपका लागि छनोट भइसकेका छन् । 

ब्राजिल १४ वटा खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत् छ । जीतपछि अर्जेन्टिना १४ वटा खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ ।

इक्वेडर १५ वटा खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।