मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी

एजेन्सी  |  ज्ञानविज्ञान  |  माघ १४, २०७८

मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार 'रातो ग्रह'समेत भनेर चिनिने मंगल ग्रहमा २ अर्बदेखि साढे २ अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका हुन् । 

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरू भएको प्रमाण भेटिएको वैज्ञानिकहरूले दाबी गरेका थिए । ग्रहको वायुमण्डल पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फसेको’ थियो ।
मंगल ग्रहको व्यास ४ हजार २२० माइल (६ हजार ७९१ किलोमिटर) छ, जबकि पृथ्वीको व्यास ७ हजार ९२६ माइल (१२ हजार ७५५ किलोमिटर) छ । 

नासाको मार्स रिकोननाइसेन्स अर्बिटर (एनआरओ)अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्तित्व रहेको संकेत गर्छ ।