इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

एजेन्सी  |  खेलकुद  |  माघ १४, २०७८

इरान एसियाली मुलुकबाट कतार विश्वकप- २०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीबार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपका लागि छनोट भएको हो । 

इरानको जीतमा मेहदी तरेमीले ४८औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो । जीतसँगै एसिया छनोटको तेस्रो चरणअन्तर्गत  समूह 'ए'मा ७ वटा खेलबाट १९ अंक बनाउँदै अपराजित इराक शीर्ष स्थानमा छ । 

दोस्रो स्थानको साउदीको १७ अंक छ ।

एसिया छनोटको तेस्रो चरणमा २ समूह विभाजन गरिएको छ । दुवै समूहका शीर्ष २ टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।

तेस्रोमध्येको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसँगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ   ।