११ वर्षपछि सँगै सुनील र सञ्जय

११ वर्षपछि सँगै सुनील र सञ्जय

एजेन्सी  |  लोकरञ्जन  |  माघ १४, २०७८

बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लो पटक ११ वर्षअघि फिल्म ‘नो प्रोब्लम’मा देखिएका थिए ।

सञ्जय र सुनीलको अभिनय रहने फिल्ममा ‘यमला पगला दिवाना’ निर्देशक समीर कार्णिकको निर्देशन रहनेछ । फिल्ममा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीको पनि अभिनय रहनेछ । फिल्मको छायांकन उत्तर भारतमा गरिनेछ ।

समाचारअनुसार फिल्ममा सञ्जय कलाकारसँगै निर्माता पनि रहनेछन् । हाल फिल्मको प्रि-प्रोडक्सनको काम जारी छ र यही गर्मी सिजनमा फिल्म फ्लोरमा जानेछ । फिल्म पञ्जाबमा सुटिङ गरिने भनिए पनि हालका लागि सुटिङ लोकेसन लक गरिएको छैन ।

सञ्जय र सुनील ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘सुट आउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता फिल्ममा देखिइसकेका छन् । सञ्जय फिल्म ‘पृथ्वीराज’, ‘केजीएफ २’ जस्ता फिल्ममा देखिँदै छन् । सुनील अघिल्लो वर्ष फिल्म ‘मुम्बई सागा’मा देखिएका थिए । उनी सन् २०२२ मा तमिल हिन्दी फिल्म ‘घनी’मा देखिँदै छन् ।