बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

एजेन्सी  |  लोकरञ्जन  |  माघ १४, २०७८

बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैँ भइरहन्छ ।

केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ मालदिभ्समा थिइन् । मालदिभ्स गएर उनले आफ्नो स्टाइलिस बिकिनीमा विभिन्न तस्बीर खिचाइन् । कैटरिनाको नियोन मल्टी कलर बिकिनीको मूल्य १० हजार ९०० भारु हो ।

कम उमेरमै दर्शकको मनमा बस्न सफल अभिनेत्री जाह्नवी कपुरले हालै मात्र बिकिनी तस्बीर पोस्ट गरेकी थिइन् । स्विमिङ पुलमा जुन बिकिनी लगाएर फोटो सुट गराएकी थिइन्, त्यो बिकिनीको मूल्य १७ हजार ४९० भारु पर्छ ।

हालका दिनमा अभिनेत्री अनन्या पाण्डे आफ्नो नयाँ फिल्म ‘गहारइयाँ’को प्रमोसनमा व्यस्त छन् । अनन्याले पनि धेरै पटक बिकिनीमा फोटो सुट गराइसकेकी छन् । उनको थ्री पिस बिकिनीको मूल्य १६ हजार २४० रुपैयाँ पर्छ ।

अभिनेत्री करिना कपुर जहिल्यै आफ्नो फेसन सेन्सबाट दर्शकलाई प्रभावित बनाइरहेकी हुन्छिन् । केही समयअघि उनले लगाएको जियोमेट्रिक प्रिन्ट स्विम सुटको चर्चा निकै भएको थियो । यसको मूल्य २ हजार ५९० रुपैयाँ पर्छ ।

हालै मात्र आमा बनेकी अभिनेत्री प्रियंका चोपडा पनि समय समयमा बिकिनीको ग्ल्यामर तस्बीर पोस्ट गरिरहन्छिन् । उनले लगाउने गरेको रेड स्विम सुटको मूल्य २८ हजार २०० भारु हो ।

अभिनेत्री सारा अलि खान पनि स्विम वेयरलाई निकै देखिने गर्छिन् । ओरेन्ज र पिंक रंगको स्विम वेयरमा सारा निकै सुन्दर देखिन्छिन् । यो स्विम वेयरको मूल्य १० हजार ४०० भारु हो ।

अभिनेत्री दिशा पटानी प्रायः छुट्टीमा गइरहन्छिन्, जहाँबाट उनले आफ्नो बिकिनी तस्बीर सार्वजनिक गर्छिन् । कसैले दिशाको ओरेन्ज शेड बिकिनी सम्झिएको छ भने त्यसको मूल्य १२ हजार ८०० भारु पर्छ ।