कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

एजेन्सी  |  विदेश  |  माघ १४, २०७८

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।

भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । भिडन्तका क्रममा उक्त विद्रोही समूहबीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।

यता, सेनातर्फ भने एक जना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यस क्रममा यहाँको सेना र केही विद्रोहीहरू घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।