नयाँ हाइकु- ६३

नयाँ हाइकु- ६३

सीताराम नेपाल  |  साहित्य  |  माघ १५, २०७८

प्रगति ठूलो
बालुवाको पहाड
हावाको झोक्का ।

म बादी हाई
बन्धुबान्धव बाई
नयाँ देवत्व ।

बित्ला जीवन
ढाँट छल गरेर
सत्य पर्गेल ।

हरुवा गोरु
छेर्दै पछि हट्दै गो
फ्वाँ फुँ गरेर ।

पहेँलो पात
घामको रापताप
भुइँमा झर्‍यो ।

आँखाको नानी
तिलको दाना जत्रो
विश्व देखिने ।

किसान दंग
धानको बाला झुल्दा
भातको आस ।

गलामा माला
जुत्ताको कि फूलको
कर्मको फल ।

कुडा कर्कट
घर भित्र्याउनेको
तारिफ किन ?

देख्छु सपना
औँसीको अन्धकार
जूनको टह ।