रोमाञ्चक स्थितिमा इंग्ल्याण्ड-वेस्ट इन्डिज शृंखला

रोमाञ्चक स्थितिमा इंग्ल्याण्ड-वेस्ट इन्डिज शृंखला

एजेन्सी  |  खेलकुद  |  माघ १६, २०७८

५ टी-२० शृंखलाअन्तर्गत भ्रमणकारी टोली इंग्ल्याण्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै  खेल २-२ को बराबरीमा ल्याएको छ । 

१९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रनमा समेटियो । 

वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६, ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रनको योगदान दिए । 

इंग्ल्यान्डका मोइन अलीले २ तथा रेस टपले, आदिल रासिद, लियाम लिभिङस्टोनले १-१ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको मध्यम योगफल तयार पारेको थियो । 

इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ६३ रन जोड्दा ओपनर जसन रोय  ५२ रनको योगदान दिए ।