‘पुष्पा’मा यस कारण जोडिएनन् महेश बाबु

‘पुष्पा’मा यस कारण जोडिएनन् महेश बाबु

एजेन्सी  |  लोकरञ्जन  |  माघ १७, २०७८

साउथ इण्डियन स्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यस फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ ।

फिल्ममा सबैभन्दा बढी मनपराइएको अल्लु अर्जुनको अभिनय हो । तर, सायद कमैलाई थाहा छ कि यस फिल्ममा निर्माताको रोजाइमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए ।

निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए । निर्देशक सुकुमार महेश नै ‘पुष्पाः द राइज’का लागि उपयुक्त पात्र हुन् भन्ने कुरामा ढुक्क थिए । त्यसका लागि उनले धेरै पटक महेश बाबु समक्ष प्रस्ताव लगेका थिए ।

‘वास्तविकताभन्दा महेश बाबुले एन्टी-सोसियल भूमिकामा अभिनय नगर्ने कसम खाइसकेका छन् । यद्यपि, महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको थियो । तर, उनलाई यो भूमिका आफ्ना लागि उपयुक्त नहुने लाग्यो । किनकि, उनी एन्टी-सोसियल भूमिकामा विश्वास गर्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ ।