चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स सेमिफाइनमा

चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स सेमिफाइनमा

एजेन्सी  |  खेलकुद  |  माघ १७, २०७८

उपाधि दाबेदार अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप- २०२२ को सेमिफाइनलमा पुगेका छन् । 

आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्सले दक्षिण कोरियाको सामना गर्नेछ ।

आइतबार भएको खेलमा चीनले भियतनामलाई ३-१ अन्तरले हरायो । उपाधि दाबेदार जापानले थाइल्याण्डविरुद्ध ७-० को सहज जीत पायो । यता, उपाधि दाबेदार अस्ट्रेलिया भने दक्षिण कोरियासँग अप्रत्यासित नतिजा बेहोर्दै अन्तिम ८ बाटै बाहिर रह्यो । अस्ट्रेलियालाई कोरियाले १-० ले पराजित गर्‍यो । 

यता, पहिलो पटक महिला फुटबलको एसिया कपको सेमिफाइनमा पुगेको फिलिपिन्सले चाइनिज ताइपेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्‍याे । अब, सेमिफाइनल ३ फेब्रुअरीमा हुनेछ भने ६ फेब्रुअरीमा फाइनल हुनेछ ।