यूएईमा गरेको मिसाइल हमलाको हुथीले लियो जिम्मेवारी

यूएईमा गरेको मिसाइल हमलाको हुथीले लियो जिम्मेवारी

एजेन्सी  |  विदेश  |  माघ १७, २०७८

यमनका हुथी विद्रोहीहरूले युनाइटेड अरब इमिरेट्समा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएका छन् ।

हालै मात्र यमनको यूएईको सीमा क्षेत्र नजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरूले संचालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत उनीहरूले सो हमलाको जिम्मेवारी लिएका हुन् ।

आइतबार मध्यराति सो टीभीमार्फत हुथी विद्रोहीका एक जना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरू जिम्मेवार रहेको बताएका हुन् ।