विश्व आँकडामा ओमिक्रोन: कति घातक ? भ्याक्सिन लिँदैमा ढुक्क हुने अवस्था छ त ?

विश्व आँकडामा ओमिक्रोन: कति घातक ? भ्याक्सिन लिँदैमा ढुक्क हुने अवस्था छ त ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ १८, २०७८

ओमिक्रोन  केही होइन । यो पहिलाको भेरिएन्टभन्दा कम घातक छ ।  कोरोना भाइरस नै केही होइन । आदि यावत तर्क गर्नेहरूले शक्तिशाली देश रुसको १६ डिसेम्बर २०२१ यता ४७  दिनको अर्थात् ३१ जनवरी २०२२ सम्मको यो तथ्यांक हेरे हुन्छ ।

१६ डिसेम्बरका दिन रुसमा ओमिक्रोन भेरिएन्टका २५ जना संक्रमित भेटिए । उपप्रधानमन्त्री तातियाना गोलीकोभाले यस विषयक जानकारी दिनुभयो । यस दिन रुसमा २८ हजार ४८६ संक्रमित आउनुका साथै एक हजार १३३ जनाको मृत्यु भयो ।
  
डिसेम्बर १७ मा रुसमा २७ हजार ७४३ संक्रमित आए, मृतक संख्या एक हजार ८० रह्यो । १८ डिसेम्बरका दिन संक्रमित संख्या २७ हजार ४३४ र मृतक संख्या एक हजार ७६ थियो ।

१९ डिसेम्बरमा संक्रमित संख्या २७ हजार ९६७ र मृतक संख्या एक हजार २४ रहेको थियो । २० डिसेम्बरका दिन पनि २७ हजार २२ संक्रमित देखिए र मृतक संख्या एक हजार १९ रह्यो ।

२१ डिसेम्बरमा २५ हजार ९०७ नयाँ संक्रमित र मृतक संख्या एक हजार २७ रहेको थियो । २२ डिसेम्बरमा २५ हजार २६४ संक्रमित आउनुका साथै एक हजार २० जनाको निधन भयो ।

२३ डिसेम्बरमा २५ हजार ६६७ नयाँ संक्रमित थपिनुका साथै एक हजार २ जनाको निधन भयो । २४ डिसेम्बरमा २४ हजार ७०३ संक्रमित थपिए मृतक संख्या ९९८ रह्यो ।

२५ डिसेम्बरमा २४ हजार ९४६ संक्रमित र मृतक संख्या ९८१ रह्यो । २६ डिसेम्बरमा २३ हजार ७२१ नयाँ संक्रमित आए ९६८ को मृत्यु भयो । २७ डिसेम्बरका दिन २३ हजार २१० संक्रमित थपिए र ९३७ संक्रमितको मृत्यु भयो ।

२८ डिसेम्बरका दिन २१ हजार ९२२ संक्रमित थपिए र ९३५ जनाको मृत्यु भयो । २९ डिसेम्बरमा २१ हजार ११० नयाँ संक्रमित देखिए र ९३२ जनाको मृत्यु भयो ।

३० डिसेम्बरमा २१ हजार ७३ संक्रमित देखिए ९२६ को मृत्यु भयो । ३१ डिसेम्बर वर्षको अन्तिम दिन पनि रुसमा कोरोना कहर यथावत् रह्यो । यस दिन रुसमा २० हजार ६३८ नयाँ संक्रमित थपिनुका साथै ९१२ संक्रमितले ज्यान गुमाए । १६ डिसेम्बरदेखि ३१ डिसेम्बरसम्म १६ दिनको अन्तरालमा १५ हजार ९७० संक्रमितको निधन भयो ।

नयाँ वर्ष सन् २०२२ मा पनि कोरोनाको उग्र रूप जारी रह्यो ।  १ जनवरीका दिन १९ हजार ७५१ संक्रमित थपिए भने ८४७ जनाको मृत्यु भयो । दैनिक मृत्यु संख्या ९ को अंकबाट ८ को अंकमा आयो ।

२ जनवरीमा १८ हजार २३३ संक्रमित देखिए र मृतक संख्या ८११ रह्यो । ३ जनवरीमा १६ हजार ३४३ संक्रमित आउनुका साथै ८३५ जनाले मृत्युवरण गरे । ४ जनवरीमा १५ हजार ९०३ संक्रमित र ८३४ जनाको निधन भयो । ५ जनवरीका दिन १५ हजार ७७२ संक्रमित थपिए र ८२८ जनाको मृत्यु भयो ।

६ जनवरीमा १५ हजार ३१६ संक्रमित थपिए र ८०२ जनाको निधन भयो । ७ जनवरीमा १६ हजार ७३५ नयाँ संक्रमित आए भने ७ दिनसम्म ८०० भन्दा बढीको मृत्यु हुने गरेकोमा सातौँ दिनपछि यो संख्या ७ को अंकमा आयो । ७ जनवरीमा रुसमा ७८७ संक्रमितको मृत्यु भयो । यो ७ अंकको संख्या खेल पनि अर्को सातासम्म जारी रह्यो ।

८ जनवरीमा १६ हजार संक्रमित आए र मृतक संख्या ७९६ रह्यो । ९ जनवरीका दिन १६ हजार २४६ जना संक्रमित थपिँदा ७६३ जनाको मृत्यु भयो । १० जनवरीमा १५ हजार ८३० संक्रमित आए, ७४१ ज्नाको निधन भयो ।

११ जनवरीमा नयाँ संक्रमित १७ हजार ५२५ आउनुका साथै ७८३ जनाको मृत्यु भयो । १२ जनवरीमा १७ हजार ९४६ संक्रमित थपिए भने ७४५ जनाको मृत्यु भयो ।

१३ जनवरीमा २१ हजार १५५ संक्रमित आए र ७४० जनाको निधन भयो । १४ जनवरीका दिन २३ हजार ८२० संक्रमित आउनुका साथै ७३९ जनाको निधन भयो । १५ जनवरीका दिन २७ हजार १७९ संक्रमित आए, ७२३ जनाको मृत्यु भयो ।

नयाँ  वर्ष सन् २०२२ का प्रारम्भिक १५ दिन रुसका लागि सुखद हुन सकेनन् । यी १५ दिनमा रुसमा ११ हजार ७७४ जना संक्रमितको निधन भयो । मृत्यु संख्या ७–७ दिनको अन्तरालमा १०० घट्दै गइरहे पनि नयाँ संक्रमित बढ्ने क्रम सुरु भइरहेको थियो ।

१६ जनवरीमा २९ हजार २३० संक्रमित थपिए, मृत्यु संख्या ६८६ रह्यो । १७ जनवरीमा नयाँ संक्रमित संख्या ३० हजार ७२६ पुग्यो, मृतक संख्या ६७० रह्यो । १८ जनवरीमा संक्रमित संख्या ३१ हजार २५२ र मृतक संख्या ६८८ रह्यो ।

१९ जनवरीमा संक्रमित संख्या ३३ हजार ८९९ र मृतक संख्या ६९८ रह्यो । २० जनवरीमा एक सातामै संक्रमित संख्या दोब्बर ३८ हजार ८५० हुन पुग्यो । १२ जनवरीमा १७ हजार ९४६ संक्रमित आएको रुसमा २० जनवरीमा संक्रमित संख्या दोब्बर ३८ हजार ८५० हुन पुग्यो । मृतक संख्या ६८४ रह्यो ।

कुनै पनि किसिमको ‘कन्स्पिरेसी थ्योरी’मा नलागी आफू सुरक्षित रहनुहोस् । कोरोनाको विरोध, भ्याक्सिनको विरोध गर्नु आवश्यक छैन । पाएसम्म भ्याक्सिन लिनुहोस् तर भ्याक्सिन लिँदैमा ढुक्क हुने अवस्था छैन ।

२१ जनवरीमा नयाँ संक्रमित संख्या ४९ हजार ६९२ पुग्यो ।  रुसमा कोरोना संक्रमण डढेलोझैँ सल्किँदै गइरहेको थियो । यस दिन रुसमा ६९२ जना संक्रमितको मृत्यु भयो ।

२२ जनवरीमा संक्रमित संख्या ५७ हजार २१२ पुग्यो । ज्ञछ जनवरीका दिन २७ हजार १७९ संक्रमित आएको रुसमा एक सातामै संक्रमण दोब्बरभन्दा बढी फैलिन पुग्यो । यस दिन ६८१ संक्रमितको प्राण गयो ।

२३ जनवरीमा संक्रमणले पुरानो रेकर्ड ब्रेक गर्दै ६३ हजार २०५ जनामा हुन पुग्यो । मृतक संख्या ६७९ रह्यो । २४ जनवरीमा रेकर्ड ब्रेक हुने क्रम जारी रह्यो । यस दिन ६५ हजार १०९ नयाँ संक्रमित थपिए । ६५५ जनाको निधन भयो ।

२५ जनवरीका दिन ६७ हजार ८०९ नयाँ संक्रमित ६८१ जनाको मृत्यु । २६ जनवरीमा पुनः नयाँ रेकर्ड । संक्रमित संख्या ७४ हजार ६९२ पुग्यो । ६५७ जनाको निधन भयो । २७ जनवरीमा फेरि नयाँ रेकर्ड । संक्रमित संख्या ८८ हजार ८१६ पुग्यो । ६६५ जनाको निधन भयो ।

२८ जनवरीका दिन ९८ हजार ४० नयाँ संक्रमित थपिए । ६७३ जनाको मृत्यु भयो । २९ जनवरीमा रुसमा पहिलो पटक दैनिक संक्रमित संख्या एक लाख नाघ्यो । मृतक संख्या ६६८ रह्यो ।  

रुसका पत्र पत्रिकाले लेखेः

Jan. 29:-Russia reported more than 100,000 new coronavirus cases for the first time ever. The country’s coronavirus task force confirmed 1,13,112 new Covid-19 infections over the past 24 hours and 668 fatalities.

३० जनवरीका दिन एक लाख २१ हजार २२८ संक्रमित थपिए । ६१७ जना संक्रमितको मृत्यु भयो । रुसका समाचार पत्रले लेखेः

Jan. 30: Russia reported more than 100,000 new coronavirus cases for the second consecutive day. The country’s coronavirus task force confirmed 1 ,21,228 new Covid-19 infections over the past 24 hours and 617 fatalities.

३१ जनवरीमा रुसमा एक लाख २४ हजार ७० संक्रमित थपिए । मृतक संख्या ६२१ रह्यो । १५ जनवरीसम्म ११ हजार ७७२ जनाको मृत्यु भएको रुसमा १६ जनवरीदेखि ३१ जनवरीसम्ममा थप १० हजार ७१५ जनाको मृत्यु भयो ।

नयाँ वर्षको पहिलो महिनामा रुसमा २२ हजार ४८९ जनाको मृत्यु भयो । रुसमा ओमिक्रोन भेरिएन्ट आएको १६ डिसेम्बरयता ४७ दिनमा ३८ हजार ४५९ जनाको निधन भएको छ । यी ४७ दिनमा प्रत्येक दिनको औसत निकाल्ने हो भने रुसमा ओमिक्रोनको उदय भएयता प्रत्येक दिन ८१८ जनाको मृत्यु भएको छ ।

स्मरणीय छ– रुसमा आधाभन्दा बढी जनसंख्या ‘फुल्ली भ्याक्सिनेटेड’ भइसकेको छ ।

रुसको नेसनल कोरोना भाइरस इन्फर्मेसन सेन्टरका अनुसार त्यहाँ अहिलेसम्म एक करोड १८ लाख ६१ हजार ७७ जना संक्रमित आएका छन् । अहिलेसम्म मृतक संख्या ३ लाख ३१  हजार ३४९ पुगिसकेको छ ।

कोरोना संक्रमणका कारण सर्वाधिक मृत्यु हुने देशमा अमेरिका ९ लाख ९ हजार ५०७ ‘काउन्ट’का साथ अग्रपंक्तिमा रहेको छ । ब्राजिल ६ लाख २७ हजार ३६५ मृत्यु संख्याले दोस्रो, भारत ४ लाख ९६ हजार २६८ संख्याले तेस्रो नम्बरमा र रुस ३ लाख ३१  हजार ३४९ जनाको मृत्यु भएर चौथो नम्बरमा छ ।

मेक्सिकोमा अहिलेसम्म ३ लाख ५ हजार ८९३ को मृत्यु, पेरुमा २ लाख ५ हजार ५०५ को मृत्यु, यूकेमा एक लाख ५५ हजार ६९८ को मृत्यु, इटालीमा एक लाख ४६ हजार ४९८ को मृत्यु, इन्डोनेसियामा एक लाख ४४ हजार ३२० को मृत्यु, कोलम्बियामा एक लाख ३४ हजार ३०० को मृत्यु, इरानमा एक लाख ३२ हजार ४५४ को मृत्यु भएको छ ।

यसरी नै फ्रान्समा एक लाख ३० हजार ९३१ को मृत्यु, अर्जेन्टिनामा एक लाख २१ हजार २७३ जनाको मृत्यु, जर्मनीमा एक लाख १८ हजार ५२७ को मृत्यु, पोल्याण्डमा एक लाख ५ हजार १९४ जनाको मृत्यु, युक्रेनमा  एक लाख २०३ जनाको मृत्यु भइसकेको छ ।

एक लाखभन्दा बढी मृत्यु हुने देशको संख्या १६ रहेको छ । टर्की, स्पेन, दक्षिण अफ्रिका एक लाखका वरिपरि रहेका छन् । यी १९–२० देशमा कोरोना संक्रमणका कारण झण्डै ४० लाख व्यक्तिको मृत्यु भइसकेको छ ।

ओमिक्रोनको प्रकोप आएयता विश्वमा झण्डै ६ लाख संक्रमितको मृत्यु भएको छ । जसले कोरोना केही होइन, यो षड्यन्त्र मात्र हो भन्छ, उसले यो डाटाबारे बोल्नुपर्छ । जसले भ्याक्सिनलाई रामबाण भनिरहेका छन्, उनले पनि जबाफ दिनुपर्छ– ओमिक्रोन कम घातक हुँदा पनि र विश्वको ५० प्रतिशतभन्दा बढी जनसंख्या भ्याक्सिनेटेड हुँदा पनि किन दैनिक ७–८ हजार जनाको मृत्यु भइरहेको छ ? यस साता मात्र विश्वमा ६४ हजार २७० संक्रमितको मृत्यु भएको छ । यसभन्दा अघिल्लो साता यो संख्या ५६ हजार २०९ रहेको थियो ।

विश्व कोरोनाको चपेटामा छ । अझै लामो समयसम्म रहन्छ । मार्च मध्यसम्म ओमिक्रोनकै कहर चलिरहन्छ । मे–जुनसम्ममा अर्को कुनै नयाँ भेरिएन्टको उत्पत्ति हुने संभावना इन्कार गर्न सकिँदैन । नेपालको अवस्था विश्वभन्दा पृथक् हुन सक्दैन । 

रुसमा मात्र होइन, छिमेकी भारतमा पनि मृत्यु संख्या दिनहुँ बढ्दै गइरहेको छ । भारतमा २९ जनवरीमा ८९२ जनाको मृत्यु, ३० जनवरीमा ९४० को मृत्यु र ३१ जनवरीमा संख्या उकालो लाग्दै एक हजार २१८ पुगेको छ ।

नेपालमा संक्रमित संख्या ओरालो लागेको देखिए पनि यो वास्तविक नहुन सक्छ । कारण अहिले मानिस पीसीआर गर्न नगएर घरमै एन्टिजेन टेस्ट गरिरहेका छन । २ दिनदेखि नेपाल सरकारले घरमा आफैँ परीक्षण गर्नेहरूसँग डाटा उपलब्ध गराउने अनुरोध गरेको छ ।

कुनै पनि किसिमको ‘कन्स्पिरेसी थ्योरी’मा नलागी आफू सुरक्षित रहनुहोस् । कोरोनाको विरोध, भ्याक्सिनको विरोध गर्नु आवश्यक छैन । पाएसम्म भ्याक्सिन लिनुहोस् तर भ्याक्सिन लिँदैमा ढुक्क हुने अवस्था छैन ।

भ्याक्सिन लगाएका मानिस संक्रमित हुनुका साथै गम्भीर अवस्थामा पुगिरहेका छन् । तपाईं–हामी सबैले आफैँ सुरक्षित हुनु छ । अब हामीले कोरोनासँगै बाँच्न सिक्नुपर्ने हुन्छ ।