२०२२ आईपीएलको मेगा अक्सनमा भाग लिने सर्वाधिक पाका पाँच खेलाडी

२०२२ आईपीएलको मेगा अक्सनमा भाग लिने सर्वाधिक पाका पाँच खेलाडी

एजेन्सी  |  खेलकुद  |  माघ १९, २०७८

विश्वकै लोकप्रिय फ्रेन्चाइज लिग आईपीएलले सन् २०२२ को मेगा अक्सनमा भाग लिएका खेलाडीको सूची सार्वजनिक भएकाे छ । यस सिजनबाट आईपीएलमा १० वटा टोलीको सहभागिता रहनेछ । यस कारण आईपीएल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकाे छ । 

१२ र १३ फेब्रुअरीमा बैंगलोरमा २ दिने लिलामी कार्यक्रम (मेगा अक्सन) हुनेछ। यस पटकको आईपीएल मेगा अक्सनमा ५ जना पाका खेलाडी पनि सहभागी हुनेछन्, जो खेल बदल्न माहिर बन्ने गरेका छन् । 

यी हुन् ५ पाका खेलाडी

१. इमरान ताहिर 
दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर ४२ वर्ष १० महिनाका भएका छन् । ताहिरको नाम आईपीएल २०२२ को मेगा अक्सनमा छ । उनी आईपीएल २०२२ मेगा लिलामीमा सहभागी हुनेछन् । इमरानले यसअघि चेन्नई सुपर किंग्स, राइजिङ पुणे सुपरजाइन्ट्स र दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेलिसकेका छन् ।

२. फिडेल एडवर्ड्स
वेस्ट इन्डिजका चर्चित तीव्र गतिका बलर फिडेल एडवर्ड्स पनि आईपीएल २०२२ मेगा लिलामीमा सहभागी हुनेछन् । फिडेल ४० वर्षका भइसकेका छन् र यो महिनाको ६ तारिखमा ४१ वर्ष पुग्दै छन् । फिडेल एडवर्ड्स यसअघि डेक्कन चार्जर्स हैदरावाद, सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् ।

३. अमित मिश्रा 
भारतका अनुभवी लेग स्पिनर र सफल आईपीएल बलर अमित मिश्रा आईपीएल २०२२ मेगा लिलामीमा सहभागी हुनेछन् । पाका खेलाडीको सूचीमा अमित पनि छन् । उनले यसअघि सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् ।

४. एस श्रीसान्त 
सन् २०१३ मा म्याच फिक्सिङमा फसेपछि भारतका तीव्र गतिका बलर एस श्रीसन्तले आईपीएलमा पुनरागमन गर्न लागेका छन् । श्रीसन्त ६ फेब्रुअरीमा ३९ वर्षका हुनेछन् । उनलाई लामो समयदेखि प्रतिबन्ध लगाइएको थियाे र उनले आईपीएलमा किंग्स इलेभेन पञ्जाब, कोची टस्कर्स केरला र राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन् ।

५. ड्वेन ब्राभो 
ड्वेन ब्राभो धोनीको कप्तानीमा आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै आएका थिए । ब्राभोलाई चेन्नई सुपर किंग्सले रिटेन गरेन् । उनी यस पटक आईपीएल २०२२ मेगा लिलामीमा भाग लिनेछन् ।

वेस्टइन्डिजका पूर्वअलराउन्डर ब्राभो ३८ वर्षका भएका छन् । ब्राभोले मुम्बई इन्डियन्स, गुजरात लायन्स र चेन्नई सुपर किंग्सबाट खेलिसकेका छन् ।