विखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गरेको अमेरिकी दाबी

विखन्डनकारीलाई आक्रमण गरेको भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गरेको अमेरिकी दाबी

एजेन्सी  |  विदेश  |  माघ २१, २०७८

युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झूटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको  ग्राफिक तस्बीरहरू बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अतिक्रमणको बहानाका लागि रसियाले झूटो विकल्पबारे सोचिरहेको उनीहरूको दाबी छ । 

तर, रसियाले अमेरिकी अधिकारीहरूको दाबीमा कुनै सत्य नभएको जनाएको छ । आफूले अमेरिकाले दाबी गरे जस्तो कुनै त्यस्तो झूट सांकेतिक कारबाहीको योजना नगरेको रसियाले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभयले अमेरिकी दाबीमा सत्य नभएको भन्दै त्यसको खन्डन गरेका छन् । ‘रसियालाई उत्तेजक बनाउने यो पहिलो प्रतिज्ञा होइन’, उनले भने, ‘यसअघि पनि यस्तै भनिएको थियो तर केही भएन ।’

युक्रेनको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि अमेरिका र नेटो फौजले चासो देखाएका छन् । रुसले युक्रेन हमलाको योजना गरेको उनीहरूले अनुमान गरेका छन् ।