बेइजिङ ओलम्पिक आजदेखि

बेइजिङ ओलम्पिक आजदेखि

एजेन्सी  |  खेलकुद  |  माघ २१, २०७८

एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रूपमा सुरु हुँदै छ ।

कोरोना भाइरसकाे ओमिक्रोन भेरिएन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कतासाथ प्रतियोगिताको केही खेलहरू बुधबारदेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबार हुन लागेको हो ।

९१ वटा राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यद्यपि. अमेरिका, बेलायत, भारतलगायत विभिन्न देशले कूटनीतिक रूपमा बहिष्कार गरेका छन् । उनीहरूले चीनमा मानवअधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

हिउँमा खेलिने खेलमा १०९ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।