बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

एजेन्सी  |  विदेश  |  माघ २१, २०७८

उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाई दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्‌घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो’, किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ । 

आफूले २ पक्ष र २ देशबीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्‍याउने किमले बताएका छन् । हिउँदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदै छ । 

यसैबीच राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यम दूरीको व्यालिस्टिक मिसाइल (आईबीएम)सहित जनवरी महिनामा मात्र ७ वटा मिसाइल परीक्षण गरेको छ । उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो ।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले ऊमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।