प्रसिद्ध गायिका लता मंगेसकरको ९२ वर्षमा निधन

प्रसिद्ध गायिका लता मंगेसकरको ९२ वर्षमा निधन

एजेन्सी  |  लोकरञ्जन  |  माघ २३, २०७८

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको ५ दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।