भारतलाई यू- १९ विश्व च्याम्पियन बनाउने ५ जना कप्तान, विराट काेहलीदेखि यश धुलसम्म

भारतलाई यू- १९ विश्व च्याम्पियन बनाउने ५ जना कप्तान, विराट काेहलीदेखि यश धुलसम्म

एजेन्सी  |  खेलकुद  |  माघ २३, २०७८

भारतीय यू- १९ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ पटक विश्वकपको उपाधि जित्न सफल भयो । भारत शनिबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै इतिहास रच्न सफल भयो ।

शनिबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनायो । १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो  र पाँचौँ पटक यू- १९ विश्वकपको उपाधि जित्यो।

सन् २००० मा भारतले पहिलो पटक यू- १९ विश्वकपको उपाधि जितेको थियो । भारतलाई पाँचौँ पटक विश्वकपको उपाधि जिताउने कप्तान बने, यश धुल । धुलसँगै भारतलाई ५ जना कप्तानले उपाधि जिताएका छन् ।

भारतका ५ यू- १९ विश्वकप विजेता कप्तान

सन् २००० मा भारतले पहिलो पटक यू- १९ विश्वकप जित्दा मोहम्मद कैफ भारतीय टोलीका कप्तान थिए । यसपछि सन् २००८ मा विराट कोहलीको नेतृत्वमा रहेको टोलीले यो सफलता प्राप्त गरेको थियो ।

सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा टोलीले तेस्रो पटक यू- १९ विश्वकपको उपाधि हात पार्न सफल भयो । सन् २०१६ मा पृथ्वी शाको कप्तानीमा भारतीय टिम च्याम्पियन बनेको थियो भने यश धुलले पाँचौँ पटक यू- १९ विश्वकप ट्रफी जित्न सफल भए ।

भारतको यू- १९ विश्वकप विजेता कप्तान

१. वर्ष २००० : कप्तान, मोहम्मद कैफ
२. वर्ष २००८ :  कप्तान, विराट कोहली
३. वर्ष २०१२ : कप्तान, उन्मुक्त चन्द
४. वर्ष २०१६ : कप्तान, पृथ्वी शा
५. वर्ष २०२२ : कप्तान, यश धुल