अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

एजेन्सी  |  खेलकुद  |  माघ २४, २०७८

पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो ।  

अर्जेन्टिनाको जीतमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक कोपा अमेरिका फुटसलको उपाधि जित्ने पाराग्वेको लक्ष्य पूरा हुन सकेन । पाराग्वे यससँगै चौथो पटक फाइनलमा पुगेर उपाधिबाट बन्चित भयाे ।  

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिललाई पराजित गरेको थियो । ब्राजिलले यस प्रतियोगिता सर्वाधिक १० पटक जितेको छ ।

यता, अर्जेन्टिनाले ३ पटक उपाधि हात पार्दा ६ पटक उपविजेतामा सीमित भएको छ । उसले अन्तिम पटक सन् २०१७ मा घरेलु मैदानमा ब्राजिलसँग ४-२ ले फाइनल गुमाएको थियो ।

सन् २०१६ मा विश्व च्याम्पियन भएको अर्जेन्टिनाले कोपाको उपाधि सन् २००३ र २०१५ मा जितेको थियो ।