युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

एजेन्सी  |  विदेश  |  माघ २४, २०७८

रसियाले आगामी साताहरूमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वासिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी संकट उत्पन्न हुने अधिकारीहरूले जनाएका छन् ।

रसियाली भूमिमा मध्यजनवरीदेखि हिउँ पर्ने र यसले मस्कोलाई अझै ठूला हतियार लैजान सहयोग मिल्ने अमेरिकी गुप्तचर निकायको सूचनालाई हवाला दिँदै अमेरिकी संचार माध्यमहरूले यस्तो जानाकारी दिएका हुन् । युक्रेनसँगको सीमामा रसियाले १ लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरेको छ ।