इन्स्टाग्राममा रोनाल्डोका ४०० मिलियन फलोअर्स

इन्स्टाग्राममा रोनाल्डोका ४०० मिलियन फलोअर्स

एजेन्सी  |  खेलकुद  |  माघ २४, २०७८

स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक संजाल इन्स्टाग्राममा ४०९ मिलियन फलोअर्स हुने पहिलो र एक मात्र व्यक्ति बनेका छन् ।

पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औँ जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरका ३०८ मिलियन फलोअर्स छन् । 

सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधैँ चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टाग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले सन् २००२-०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै, सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म १८४ वटा अन्तर्राष्ट्रिय खेल खेलका छन् ।