विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक ३ स्वर्ण

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक ३ स्वर्ण

एजेन्सी  |  खेलकुद  |  माघ २५, २०७८

विन्टर ओलम्पिक, २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक ३ स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा ५ पदक हात पारेको छ । 

स्विडेनले भने ३ स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । 

यस्तै, इटाली, अष्ट्रिया, क्यानाडा, जापान, स्विट्जरल्याण्ड, अस्ट्रेलिया र न्युजिल्यान्डले समान १-१ स्वर्ण पदक हात पारेका छन् । हालसम्म १९ देशले पदक तालिकामा खाता खेलेका छन् । 

२० फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा ३ हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको छ भने ९३ वटा देशले सहभागिता जनाएका छन् ।