साउदी अरेबिया नेतृत्वको सेनाद्वारा हुथी विद्रोहीको सैन्य शिविरमा आक्रमण

साउदी अरेबिया नेतृत्वको सेनाद्वारा हुथी विद्रोहीको सैन्य शिविरमा आक्रमण

एजेन्सी  |  विदेश  |  माघ २६, २०७८

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी शहर सानामा रहेको हुथीहरूको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ । मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरूका केही सैनिक पनि हताहत भएको अनुमान गरिएको छ ।

साथै, उनीहरूका हातहतियारहरू पनि नष्ट भएको अनुमान गरिएको छ । उता, यमनी राजधानी सानामा पनि २ दिनअघि सो सेनाले हुथीको यस्तै एक आश्रयस्थलमा हमला गरेको थियो ।

हुथी मिलिसियाहरूका विरुद्धमा सो सेनाका युद्धक विमानहरूले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरूले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरूद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा संचालित अल-मासिराह टीभीले जनाएको छ ।

युद्धक विमानहरूले गरेका सो आक्रमणबाट भएको क्षतिका बारेमा भने केही बताइएको छैन । यस हवाई आक्रमणबाट यमनी शहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली बिस्फोटको आवाज सुनिएको बताइएको छ ।

हमलामा परेर यहाँका हुथी मिलिसियाहरूले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरूको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो ।

इरान समर्थित हुथी मिलिसियाले पनि गत हप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट २ वटा गुफा र ४ वटा भूमिगत गोदाम ध्वस्त भएका गठबन्धन सेनाले जनाएको थियो ।