अफगानिस्तानलाई मानवीय सहायता स्वरूप ३ करोड २० लाख डलर

अफगानिस्तानलाई मानवीय सहायता स्वरूप ३ करोड २० लाख डलर

एजेन्सी  |  विदेश  |  माघ २६, २०७८

अफगानिस्तानले मंगलबार मानवीय सहायता स्वरूप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।

अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरूले सहयोग गरिरहेका छन् ।

अफगानिस्तानलाई खाद्यान्न, औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलबार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरूले सहयोग गरिरहेकामा मंगलबार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंकले एक  विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ ।