एक खेलअघि नै भारतलाई वेस्ट इन्डिजविरूद्धको शृंखला

एक खेलअघि नै भारतलाई वेस्ट इन्डिजविरूद्धको शृंखला

एजेन्सी  |  खेलकुद  |  माघ २७, २०७८

घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको ३ खेलको एक दिवसीय शृंखला एक खेलअघि नै आफ्नो नियन्त्रणमा राखेको छ ।  

बुधबार अहमदाबादमा भएको दोस्रो एक दिवसीयमा ४४ रनको जीत निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जीत निकालेको हो । 

पहिलो एक दिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार  हुनेछ  । 

२३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउँदै १९३ रनमा समेटियो ।

वेस्ट इन्डिजका  शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै, अकिल होसेनले ३४, साई होपले २७ र ओडिन सिथले २४ रनको योगदान गरे । भारतका प्रसिद्ध कृष्णले सर्वाधिक  ४ विकेट लिँदा शार्दूल ठाकुरले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । 

भारतका सूर्यकुमार यादवले सर्वाधिक ६४ रन बनाए । यस्तै, केएल राहुलले ४९, दीपक होडाले २९ , वासिङ्टन सुन्दरले २४ रनको योगदान गरे । वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले समान २  विकेट लिए ।