यमनमा राष्ट्रसंघका ५ कर्मचारी अपहरणमा

यमनमा राष्ट्रसंघका ५ कर्मचारी अपहरणमा

एजेन्सी  |  विदेश  |  फाल्गुन १, २०७८

साना-दक्षिणी यमनमा राष्ट्रसंघका ५ जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरू अपहरणमा परेका राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरू अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाईले जानकारी दिए ।

‘अपहरित कर्मचारीहरूको रिहाइका लागि राष्ट्रसंघ अधिकारीहरूसँग नियमित सम्पर्कमा छ’, गिकाईले भने । 

साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ । हुथी विद्रोहीले राजधानी सानाबाट सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो । 

द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने लाखौँ विस्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।