'रुसी सेना युक्रेन सीमामा निरन्तर बढ्दै छ'

'रुसी सेना युक्रेन सीमामा निरन्तर बढ्दै छ'

एजेन्सी  |  विदेश  |  फाल्गुन ३, २०७८

रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । 

‘यो छुट्टै सम्भावना छ कि सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ’, अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रुसले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए । 

युक्रेनको सीमामा  रसियाले केही सातादेखि १ लाखभन्दा बढी सेना तैनाथ गरेको छ ।