शंकास्पद व्यक्ति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोजेपछि...

शंकास्पद व्यक्ति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोजेपछि...

एजेन्सी  |  विदेश  |  फाल्गुन ४, २०७८

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जबर्जस्ती पस्ने प्रयास गरेका छन् । एउटा कारमा आएका एक अपिरिचित व्यक्ति डोभलको निवासमा जबर्जस्ती पस्न खोजेका हुन् । 

जवबर्जस्ती निवासमा जाने क्रममा उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । 

उनलाई दिल्ली प्रहरीको विशेष सेलले अनुसन्धान गरिरहेको छ । उनले भाडामा लिएको कार चलाएको प्रहरीले जनाएको छ । 

आफूभित्र कसैले चिप जडान गरेको र नियन्त्रण गर्ने प्रयास गरिरहेको अनुसन्धानका क्रममा उनले प्रहरीलाई बताएका छन् । 

उनको दाबी झूट भएको प्रहरीले पत्ता लगाएको छ । उनी मानसिक रूपमा विक्षिप्त भएका बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनी मानसिक रूपमा विचलित भएका देखिन्छन्’, दिल्ली प्रहरीले भनेको छ ।