'युक्रेनको सीमाबाट उल्लेखनीय संख्यामा रुसी सेना फिर्ता भएनन्'

'युक्रेनको सीमाबाट उल्लेखनीय संख्यामा रुसी सेना फिर्ता भएनन्'

एजेन्सी  |  विदेश  |  फाल्गुन ५, २०७८

युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रुसी सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरूले संयुक्त अनुरोध गरेका हुन् ।

‘युक्रेनविरुद्ध रुसी हमलाको जोखिम अझै उच्च छ । अत्यन्त सावधानी आवश्यक छ’, बाइडेन र सोल्जबीचको टेलिफोन वार्तापछि जर्मन चान्सलरको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

‘तनाव अन्त्यका लागि रसियाले वास्तविक कदम चाल्नुपर्छ’, विज्ञप्तिमा उनीहरूले भनेका छन । युक्रेनविरुद्ध मस्कोले चाल्ने जुनसुकै सैन्य कदमले ‘असामान्य गम्भीर परिणाम निम्त्याउने’ उनीहरूले चेतावनी दिएका छन् । 

दुवै नेताले युक्रेन संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी राख्नुपर्ने पुटिनको भनाइलाई स्वागत गरेका छन् ।