कात्रोको खल्ती  !!!

कात्रोको खल्ती  !!!

चिरन ‘चिदानन्द’  |  साहित्य  |  फाल्गुन ७, २०७८

शास्त्रजन्य कुराहरुले भिजेका ओठहरु
व्यवहारिकताको पर्याय बनेको उहाँको छवी
ऊ टोलाएर हेरी रहेछ
भिजेको ओठमा देखिएको मादकता पनि
शास्त्रसम्मत देख्छ समाज
द्धैध चरित्र र उहाँ भित्रका उफानहरु
हरेक फोहोरी मानसिकता भित्रका उहाँका कदमहरु
पवित्र देख्छ समाज
ओहो समाज !! वाह समाज !!

समाज मौन छ
स्वीकार्छ उहाँको हरेक कदम
प्रगति पथमा लम्किएका उहाँका यात्राहरु
जवानी, जीवन अनि दर्शन त
केवल अपनत्व एवं आत्मीयपनको लागि रहेछ महाशयको
ऊ मौन भई केवल चिच्याइरह्योे
जाग जाग ! अति भो अब जाग !
यहाँ माया प्रेम हैन अर्थकै हिसाब किताब छ
केवल खल्तीको आवश्यक्ता छ !
उहाँलाई कात्रोमा केवल एउटा खल्ती थप्नुछ !!!