रुसी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

रुसी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

एजेन्सी  |  विदेश  |  फाल्गुन ९, २०७८

रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरूबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

उनीहरूबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएको बताइएको छ ।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ । अमेरिकासहितका पश्चिमा देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने बताइरहेका छन् । तर, यसको रुसले भने खण्डन गरेको छ ।

वार्ताका क्रममा २ देशका राष्ट्र प्रमुखहरूका बीचमा हालैका दिनमा विश्वमा कोभिड- १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रूपमा मिलेर लड्नेबारेमा सहमति भएको थियो ।

त्यसैगरी उनीहरूबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँका बीचमा हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्नेबारेमा कुराकानी भएको थियो ।