युक्रेन तनावको असर: बढ्यो तेलको मूल्य

युक्रेन तनावको असर: बढ्यो तेलको मूल्य

एजेन्सी  |  विदेश  |  फाल्गुन १०, २०७८

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनका २ वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार)को अन्तर्राष्ट्रिय मानांक ७ वर्षयताकै उच्च भएको छ ।

बेलायतलगायत पश्चिमेली गठबन्धनहरूले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । साउदी अरेबियापछि रुस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । रुस विश्वकै शीर्ष तेल उत्पादक हो । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले ‘पर्याप्त प्रभाव’ पर्न सक्ने बताइन् ।