पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

एजेन्सी  |  विदेश  |  फाल्गुन १०, २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विखन्डनकारीहरूको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।

बिखन्डनकारीको नियन्त्रणमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रुसले बताएको छ । तर, अमेरिकाले त्यसलाई 'बकबास' भन्दै 'युद्धको बहाना' भनेको छ ।

दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरू युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएका छन् ।