युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूत बोलाए

युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूत बोलाए

एजेन्सी  |  विदेश  |  फाल्गुन ११, २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरूलाई बोलाएर आफ्नो विरोध जनाएका छन् ।

अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगी नसकेको तर अन्य देशहरूका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निश्कासन गर्नु सबैभन्दा गम्भीर विदेशी कूटनीतिक कदमहरूमध्ये एक हो । 

राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा बिखण्डनकारीको नियन्त्रणमा रहेको दोनेत्सक र लुहान्सकमा रुसी फौज पठाउन आदेश दिएपछि पश्चिमेली देशहरू रुससँग क्रुद्ध छन् ।