रुसी हमलामा ७० युक्रेनी सेना मारिए

रुसी हमलामा ७० युक्रेनी सेना मारिए

एजेन्सी  |  विदेश  |  फाल्गुन १७, २०७८

रुसी सेनाको हमलामा सोमबार कम्तीमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तरपूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० जना युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् ।

सुमी क्षेत्रलाई रुसी फौजले अहिले घेरा हालिरहेको छ । सोमबार आपतकालीन मजदुरहरूले भग्नावेशषबाट जीवित उद्धारको प्रयास गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

मृत्यु भएका सेनाप्रति युक्रेनको संसदले सहानुभूति जनाएको छ । उनीहरू मिसाइल प्रहारमा मारिएका युक्रेन सरकारले जनाएको छ ।