भारतले आफ्ना नागरिकलाई भन्यो: 'तत्काल आजै राजधानी किभ छाड्नू'

भारतले आफ्ना नागरिकलाई भन्यो: 'तत्काल आजै राजधानी किभ छाड्नू'

एजेन्सी  |  विदेश  |  फाल्गुन १७, २०७८

भारतले आफ्ना नागरिकहरूलाई आजै ( मंगलबार) राजधानी किभ छाड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य शहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एड्भाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छाड्न अनुरोध गरेको हो ।  

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमार्फत तत्काल आजै’ किभ छाड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छाड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत ।’ युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ ।