खार्किभमा प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना

खार्किभमा प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना

एजेन्सी  |  विदेश  |  फाल्गुन १८, २०७८

रुसी सेना युक्रेनी शहर खार्किभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो शहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौँ सर्वसाधारण मारिएका छन् । दक्षिणको सानो शहर खेरसन पनि रुसी फौजको हातमा परेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रमा उडानमा रोक लगाएको छ । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘पुटिनले ट्यांकमार्फत किभलाई घेरा हाल्न सक्छन् तर, उनले युक्रेनी जनताको मुटु र आत्मा कहिल्यै प्राप्त गर्नेछैनन् ।’

बोइङ र एक्सनमोविलले रुससँगको सम्बन्ध तोडेका छन् । रुससँग सम्बन्ध तोड्ने यी २ पछिल्ला कम्पनी हुन् । रुसी हमलामा ६ लाखभन्दा बढी मानिसहरूले युक्रेन छाडेर गएको राष्ट्रसंघले जनाएको छ ।