राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा युक्रेनलाई सहयोगको अपिल

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा युक्रेनलाई सहयोगको अपिल

एजेन्सी  |  विदेश  |  फाल्गुन १८, २०७८

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए ।

उनले भनेका छन्, 'युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।' उनहाँले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार नागरिक विस्थापित भइसकेका भन्दै उनीहरूको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए ।

उनले मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि १ अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताए ।