युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए

युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए

एजेन्सी  |  विदेश  |  फाल्गुन १९, २०७८

युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । 

रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांकअनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् । 

यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौँ हताहत भएको सो शहरका मेयरले बताएका छन् ।