'किभ छाडेर भासिल्किभमा जानू'

'किभ छाडेर भासिल्किभमा जानू'

एजेन्सी  |  विदेश  |  फाल्गुन १९, २०७८

रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्यशहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले उनीहरूलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन’, मेजर जनरल कोनासेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने । 

किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनासेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।

रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन । रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रुसी सेनााका सयौँ बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।