'ताइवानमा विदेशी हस्तक्षेप र पृथक्‌तावादी गतिविधि अमान्य'

'ताइवानमा विदेशी हस्तक्षेप र पृथक्‌तावादी गतिविधि अमान्य'

एजेन्सी  |  विदेश  |  फाल्गुन २२, २०७८

चीनले ताइवानसँग ‘पुनर्मिलन’को योजना दोहोर्‍याउँदै चीनमा कुनै पनि पृथक्‌तावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ ।

चीनको संसद्‌को वार्षिक बैठकलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए । एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्त्वपूर्ण अंश भएको उनले दाबी गरे ।

‘हामी ताइवान स्ट्रेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौँ’, प्रधानमन्त्री लीले भने, ‘स्वतन्त्र ताइवान चाहने जुनसुकै बिखण्डनकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छौं ।’

उनले अगाडि थपे, ‘ताइवान स्ट्रेटका दुवै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ ।’