युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

एजेन्सी  |  विदेश  |  फाल्गुन २२, २०७८

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी शहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो शहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । 

रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । 

‘आवासीय ब्लकहरूमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरू खसालिरहेका छन्’, उनको भनाइ उद्धृत गर्दै एपी समाचार संस्थाले जनाएको छ ।