रियल मड्रिडको पुनरागमन जीत

रियल मड्रिडको पुनरागमन जीत

एजेन्सी  |  खेलकुद  |  फाल्गुन २२, २०७८

स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडविरुद्ध ४-१ अन्तरको पुनरागमन जीत निकाल्दा शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ  । 

घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औँ मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जीतसहित सिजनको १९औं जीत निकालेको हो ।

रियलको जीतमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले १-१ गोल गरे । यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए । 

जीतसँगै रियलले दोस्रो स्थानको सेभियामाथि ८ अंकको अग्रता बनाएको छ । रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौँ स्थानमा छ ।