राजधानी किभलगायतका शहरहरूमा युद्धबिराम

राजधानी किभलगायतका शहरहरूमा युद्धबिराम

एजेन्सी  |  विदेश  |  फाल्गुन २३, २०७८

सर्वसाधारण नागरिकहरूलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरूमा युद्धबिराम घोषणा गरेको छ । रुसले किभ, खार्किभ, मारिओपोल र सुमी शहरमा युद्धबिराम घोषणा गरेको हो । 

मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएका र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धबिराम घोषणा गरेको हो ।  

यसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य ३ शहरहरूमा मानवीय कोरिडरहरू खुला गर्ने भएको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।