युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

एजेन्सी  |  विदेश  |  फाल्गुन २५, २०७८

चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रूपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरूले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्‍याएका छन् ।  

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्वीपमा भएको युद्धबाट चीन चिन्तित रहेको  बताएको चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘संलग्न पक्षहरूको आवश्यकताको सन्दर्भमा चीनले फ्रान्स, जर्मनी र युरोपेली युनियनसँग संचार र संयोजन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सक्रिय ढंगले काम गर्नेछ’, मन्त्रालयले भनेको छ । 

संकटको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । विदेश मन्त्रालयका अनुसार शान्ति वार्ता प्रबर्द्धन गर्न २ देशले बेइजिङसँग संचार र संयोजन सुदृढ गर्न दुवै देश तयार रहेको सोल्ज र म्याक्रोँले बताएका छन् ।