राष्ट्रसंघ प्रमुखले गरे युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान

राष्ट्रसंघ प्रमुखले गरे युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान

एजेन्सी  |  विदेश  |  फाल्गुन २७, २०७८

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।  अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका निम्ति पनि उनले आह्वान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

रुस-युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघको स्थापना भएको पनि बताए ।