'पुटिनलाई ब्रेन डिसअर्डर'

'पुटिनलाई ब्रेन डिसअर्डर'

एजेन्सी  |  विदेश  |  फाल्गुन २९, २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ ।

क्रेमलिन नजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरूले यस्तो दाबी गरेका हुन । खुफिया गठबन्धनमा अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, बेलायत, अमेरिकाका गुप्तचर अधिकारी छन् । 

युक्रेनमा हमला गर्ने पुटिनको निर्णय पछाडि मनोवैज्ञानिक व्याख्या रहेको बताइएको छ । खुफिया समूहले ६९ वर्षीय पुटिनको ‘बढ्दो अनियमित व्यवहार’बारे रिपोर्टहरू शेयर गरिरहेको छ । 

‘यी केवल मानव स्रोतहरू हुन, जसले तपाईंलाई पुटिनको मानसिकताकोे समृद्ध चित्र प्रदान गर्न सक्छ’, सुरक्षा स्रोतलाई उद्धृत गर्दै बेलायती समाचार संस्था डेलीमेलले लेखेको छ, ‘विगत ५ वर्षमा उनको निर्णय शक्तिमा निश्चित परिवर्तन आएको छ ।’

पुटिनको वरपरका मानिसहरूले उनी के भन्छन् र उनी आफ्नो वरपरको संसारलाई कसरी बुझ्छन् भन्ने कुराको सहजता र स्पष्टतामा उल्लेखनीय परिवर्तन देख्छन् ।