यमनमा २ महिनामा ४७ बालबालिका मारिए

यमनमा २ महिनामा ४७ बालबालिका मारिए

एजेन्सी  |  विदेश  |  फाल्गुन २९, २०७८

यमनको गृहयुद्धमा पछिल्ला २ महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुअरीमा द्वन्द्वका कारण उनीहरूको मृत्यु भएको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । 

‘गृहयुद्धका कारण बालबालिकाहरू सबैभन्दा बढी प्रताडित छन्’, युनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द-रब्बु मन्सुर हादीले देश छाडेर भाग्न बाध्य भएका थिए । त्यसलगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो ।

युद्धको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ । यसैबीच २४ फेब्रुअरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दाबढी घाइते भएका छन् ।