रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति

रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति

एजेन्सी  |  विदेश  |  फाल्गुन २९, २०७८

युक्रेनको दक्षिणी शहर मारिओपोलमा नागरिक पूर्वाधारहरू र आवासीय भवनहरूमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाइट तस्बीरहरूले देखाएका छन् । ब्ल्याक सी बन्दरगाह शहरको पश्चिमा खण्डमा आगो देखिएको हाई रिजोलुसन तस्बीरहरूले देखाएका छन् । 

अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्बीरमा दर्जनौँ क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेका भए पनि युक्रेन अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको बताए ।

डक्टरर्स विदाउट बोर्डर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ । त्यहाँ पानी र ऊर्जाको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ । ‘लाखौँ मानिसहरू सबै उद्देश्य र अभिप्रायका लागि घेरिएका छन्’, मेडिकल च्यारिटी युक्रेन सञ्चालनको  नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन् ।  

२४ फेब्रुअरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १ हजार ५८२ सर्वसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ ।